आज मात्रै ८४३ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख ४। आज मात्रै नेपालमा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना ९५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेनको नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।

यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये २ जनाको गत २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितमध्ये ३९५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: