कर्णाली प्रदेश सरकार जोगियो, एमालेका ४ सांसदले गरे ‘फ्लोर क्रस’

बैशाख ४ । कर्णाली प्रदेश सरकारका मृख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै सकार ढल्नबाट जोगिएको छ । सरकार ढाल्न यस अघि नेकपा एमाले ओली समूहका नेताहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसको प्रस्तावमा विश्वासको मत लिने क्रममा हिजो नेकपा एमालेका चार सांसदले फ्लोर क्रस अर्थात ह्वीप उल्लंघन गरी महेन्द्रबहादुर शाहीलाई जोगाइदिएका हुन ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो। उहाँको पार्टी नेकपा ९माओवादी केन्द्र० का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसदको मत पाएपछि पद जोगिएको छ । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।

प्रदेशसभामा रहेका एमालेका १९ ९सभामुखबाहेक० सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरी शाहीलाई मत दिनुभएको थियो । उहाँहरु सवै मधव नेपाल पक्षीय सांसद हुनुहुन्छ । मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिनुभयो ।

योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो ।

एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत माग्नुभएको थियो।

‘फ्लोर क्रस’ गर्ने ४ सांसदलाई पार्टीबाट निष्कासन

यसैविच दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। त्यस्तै ‘फ्लोर क्रस’ गरेर पछि आफ्नो मत सच्याएकी देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय भएको उहाँको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: