चितवनको सात ठाउँमा स्थानीय जनगणना कार्यालय स्थापना

चितवन, बैशाख १ । चितवनमा नयाँ बर्षको पहिलो दिनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धि तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर १० को तथ्यांक कार्यालयमा, भरतपुर ६ को गितानगरमा र भरतपुर २० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाको भवनमा, राप्ती र खैरहनी नगरपालिका हेर्ने गरि राप्ती नगरपालिकाको भवनमा, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका हेर्ने गरि कालिका नगरपालिकाको रेडक्रस ग्राममा स्थापना गरिएको हो ।

सार्वजनिक बिदा भएपनि केन्द्रको तालिका अनुसार आज कार्यालय स्थापना गरिएको र यी कार्यालयबाट बैशाख १ देखि अशाढ मसान्तसम्म ३ महिनाका लागि मात्रै यहाँबाट काम हुने भण्डारीको भनाई छ ।

यसरी स्थापना गरिएको कार्यालयका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ । भरतपुर १० का लागि तथ्याङ्क कार्यालय चितवनका सुपरिवेक्षक अर्जुन अधिकारी, भरतपुर ६ गितानगरमा ईन्द्र बिलास कोइराला र भरतपुर २० मा भरतपुर महानगरपालिकाका तथ्यांक अधिकृत अधिकृत छैटौं धुर्व अधिकारीलाई खटाइएको छ । रत्ननगरमा मेडिकल रेकर्डर अधिकृत नारायण प्रसाद रिजाल, कालिकामा अधिकृत छैँठौँ रबिन्द्र देवकोटा , माडी नगरपालिकाको को बसन्तपुरमा अधिकृत छैठौँ किरण बि. क र राप्ती नगरपालिकाका अधिकृत छैँठौँ मुक्ति पौडेललाई ३ महिनाका लागी स्थानीय जनगणना अधिकारी तोकिएको भण्डारीले जानकारी दिनुभयो ।
७ जना स्थानीय जनगणना अधिकारीकाई कार्यदेश सहित कार्यछेत्रमा पठाइएको जिल्ला जनगणना अधिकारी भण्डारीले बताउनुभयो ।
अब तालिका बमोजिम स्थानीय जनगणना समन्वय समितिको बैठक बस्ने र स्थानीय स्तरमा सरोकारवालाहरुसंग सचेतना गोष्ठी संचालन गरिने उहाँको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: