सात प्रदेशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बन्ने, आज ठेक्का सम्झौता

बैशाख १ । नेपालको सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएपछि निर्माण हुने पक्का भएको हो ।
काठमाण्डौ उपत्यकामा सात वटा चार्जिङ स्टेशन राखिने छ ।

प्रदेश नम्बर १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँच वटा चार्जिङ स्टेशन रहनेछन् ।

प्रदेश नम्बर २ मा पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् ।

वाग्मती प्रदेशमा धादिङको मलेखुमा दुई, वीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिनरकुरिनटारमा चार र काभ्रेको बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् ।

गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एकरएक तथा कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेशन रहनेछन् ।

लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेशन रहनेछन् । बाँकेको नेपालगञ्जमा एउटा, दाङको भालुवाङ तथा दाङमा एकरएक, रुपन्देहीको बुटवलमा एउटा, नवलपरासीको बर्दघाटरसुनवलमा दुइटा गरी आठ वटा चार्जिङ स्टेशन रहनेछन् ।

कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीन वटा चार्जिङ स्टेशन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एकरएक गरी सुदूरपश्चिममा तीन वटा चार्जिङ स्टेशन रहनेछन् ।

नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा ९करबाहेक० ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेशनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । उहाँले हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिने जानकारी दिनुभयो ।

चार्जिङ स्टेशन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: