दोलखामा जिप दुर्घटना, चार जनाको मृत्यु

चैत ३१ । नेपाली नयाँ वर्ष २०७७ को अन्तिम दिन । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा गएराति जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा सवै सिँगुटीका रहेका छन् । बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: