तेस्रो पटकसम्म असफल भयौँ, चौथो पटक ओलीलाई सरकारबाट हटाएरै छोड्छौँ : प्रचण्ड

चितवन, चैत २९ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मात्रै बैकल्पिक सरकार बन्ने बताउनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्र भरतपुर २२ मा रहेको बोटे टोलको घरदैलो पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी हटाउनुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्र, संविधान विरोधी ओली सत्तामा टाँसिएर बसिरहन नैतिकता र कानूनी दुवै पक्षबाट नमिल्ने भन्दे तथ्यले ओली गलत बाटोमा हिँडेको देखाइसकेको उहाँको भनाई थियो । लोकतन्त्र संविधान विरुद्धको बाटोमा हिँडेको हुनाले उहाँले हारको पक्षमा हिँडेको र आफूहरु अझै संघर्षरत रहेकाले जितको बाटोमा हिँडेको दावी गर्नुभयो । पत्रकार महासंघको चुनावले समते ओली समर्थित पत्रकारहरुलाई चौथो स्थानमा पठाएकाले यसैबाट उनको कदम विरुद्ध सवै एक भएको प्रष्टै सकेत आएको ठोकुवा गर्नुभयो ।

अहिले देशको राजनीतिमा असहज र अस्वभाविक स्थिती आएको भन्दै कानून त केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाउदा सम्म सरकारी निकायले कदम नचलोको प्रचण्डको गुनासो थियो ।

बहुमतको हस्ताक्षर सहित संसदीय दलबाट हटाइएको,पार्टी केन्द्र्रीय समितिको दुई तिहाइबाट पनि संविधान विरोधी काम गरेको पार्टी अनुशासन नटेरेकोमा साधरण सदस्यबाटै हटाइएर संसद सचिवालय र निर्वाचन आयोगमा भनेपनि निर्वाचन आयोगले निर्णय नगरेको प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो,“त्यतिवेला निर्वाचन आयोगले निर्णय गर्नैपर्दथ्यो तर गरेन । ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतको हैसियतामा रहेका ओलीलाई मानिरहेका कारण त्यतिवेला समस्या भयो ।”

संसद विघटनको प्रस्ताव असवैधानिक अलोकतान्त्रीक भएर जनता सडकमा आएपछि अदालतले विघटनको विरुद्ध फैसला गरेको भन्दै प्रचण्डले त्यतिवेला नै ओली प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले त्यति ठूलो फैसला गरेको र त्यसको विरुद्ध सर्वोच्चले आदेश दिएपछि देन एण्ड देयर तुरुन्तै प्रधानमन्त्रीबाट हट्नुपर्छ । दुनियाको कोही पनि मान्छे बसिराख्दैन यो लाज पचाएर, घिन पचाएर । त्यसैले तीन पटक हामीले प्रधानमन्त्रीलाई हट्नै पर्ने अवस्थामा पुर्यायौँ तर विडम्वना भन्नुपर्छ अहिले नकचरो भएर केपी चाहिँ बसिराखेकै छन प्रधानमन्त्रीमा । अव हामी फेरि चौथो पटक हटाउँदै छौँ । अव हेरौँ चौथो पटक के हुन्छ । ”

चौथो पटक केही दिनभित्रै हुने भन्दै प्रचण्डले सहमति भए काँग्रेसको नेतृत्वमा सरकार हुन सक्ने बताउनुभयो । लोकतन्त्र र केपीको निरकुशता विरुद्ध उभिनेहरु मिलेर सरकार बनाउनुपर्ने उहाँको भनाई थियो । अझै पनि कम्युनिष्ट आन्दोलन एकता सम्भव रहेको भन्दै आवश्यक समेत रहेको बताउनुभयो । अझै एकताको पक्षमा रहेको भन्दै सवै कम्युनिष्ट मिलेर लोकतन्त्र र समाजवादको बाटोमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: