मोतिया विन्दुका विरामीको साहारा बने गैँडाकोटका स्वास्थ्य व्यवसायीहरु

चैत २८ । गैँडाकोटका स्वास्थ्य व्यवसायीहरु मोतिया विन्दु लागेका जेष्ठ नागरिकहरुको साहारा बनेका छन् । नगरपालिका भएपनि आँखाको सजिलै जाँच गर्न नपाएका जेष्ठ नागरिकहरुले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको उद्देश्य तथा प्राविधिक सहयोगमा गत चैत २१ गते आयोजित निशुल्क आँखा शिविरबाट ४७९ जनाले लाभ लिएका थिए ।

गैँडाकोट नगरपालिकाको समन्वय र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ७५ जनामा मोतिया विन्दुको समस्या देखिएको थियो । तीनै विरामीहरुको आज भरतपुर आँखा अस्पतालमा ५० प्रतिशत छुटको सुविधा सहित अप्रेसन गरिएको छ । अप्रेसन गर्न पुगेका ज्यष्ठ नागरिकहरुलाई जुस र खाजा लिएर गैँडाकोटका स्वास्थ्य व्यवसायी अस्पतालनै पुगेका थिए । ७५ मध्ये आज २२ जनाको भरतपुर आँखा अस्पतालमा अपरेशन भएको इकाई अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार निशुल्क पीसीआर परीक्षणको व्यवस्था देखि अस्पताल सम्म वसको सुविधा उपलब्ध गराइएको थियो । वायु प्रदुषण वढ्दै गएको र लामो समय नगरभित्र कुनैपनि स्वास्थ्य शिविर नहुँदा आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा शिविर राखेको घिमिरेको भनाई थियो । कोरोनाका कारण धेरै कर्यक्रम गर्न नपाएपनि शिविरमा हालसम्मकै धेरै नगरवासी आएर स्वास्थ्य लाभ लिएको घिमिरेको दावी छ । विहान बस चढाएर अस्पताल पुर्याउने क्रममा केही जेष्ठ नागरिकहरुले आफू एक्लै भएको बताएपछि अस्पताल भर्ना भएका सवैलाई स्वास्थ्य व्यवसायीहरुले जुस र विस्कुट वितरण गर्दै थप स्वास्थ्य अवस्थावारे जानकारी लिएका थिए । अप्रेसनको समयमा समेत साथमा आएर जुस खाजा दिएर आफूहरुको ख्याल राखेको भन्दै ज्यष्ठ नागरिकहरुले आशिर्वाद दिएका थिए । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन उनीहरुको आग्रह थियो ।


शिविरमा निशुल्क जाँच गरिनुका साथै आवश्यक पर्नेलाई चस्मा औषधी समेत निशुल्क उपलब्ध गराइएको थियो । सोही समयमा मोतिया विन्दु देखा परेका विरामीको आज अप्रेसन गरिएको हो । आज छुट भएका तर उक्त दिन जाँच गराएका विरामीहरुले आजको सुविधा सहित पछि पनि सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरे सहित उपाध्यक्ष नारायण घिमिरे, सचिव खुमप्रकाश पौडेल, सहसचिव बिनोद पौडेल,लेखा समिति संयोजक बिमल पौडेल अस्पतालमै पुगेर विरामीहरुको स्वास्थ्य अवस्था र जुस वितरण गर्नुभएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: