गृहमन्त्री बादललाई माओवादी केन्द्रको कारबाही

चैत २७ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि कारबाही गरेको छ। यस अघि सरकारमा रहेको चार मन्त्रीलाई कारवाही गरेको माओवादी केन्द्रले बादललाई पनि कारवाही गरेको हो ।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाउनुभएको छ। नेकपा एमालेमै रहेपछि बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रले एमालेमा जानुभएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । कारबाहीका लागि उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: