ठेगान लागेन तीन दलको बैठक, आज बिना निष्कर्ष सकियो

चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाई वैकल्पिक सरकार दिन कस्सीएका तीन दलको आजको बैठक निष्कर्षमा पुगेको छैन । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सरकार गठनका लागि छलफल गर्न माओवादी केन्द्र र जसपालाई बोलाए पनि निष्कर्षमा नपुगेको हो ।
बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा नयाँ सरकार गठनको विषय छलफल भए पनि कुनै निष्कर्ष नआएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । आफ्ना मुद्दाहरुमा केपी शर्मा ओली लचिलो भएको समेत बताउनुभएको थियो । पुन बस्ने गरी बैठक सम्पन्न भएको हो ।
बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न माओवादी र जसपालाई प्रस्ताव गर्नुभएको थियो ।

छलफलबाट बाहिरिने क्रममा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन बैठकमा प्रस्ताव गरेपनि बैठक कुनै निर्णयमा नपुगेको श्रेष्ठको जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: