माओवादी केन्द्रले सांसदमुक्त गराइदिएको ४ मन्त्रीको पुनर्नियुक्ति

२७ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमालेमा गएका चार मन्त्रीलाई कारवाही गर्दै सांसदपद नै खोसेपछि आज उनीहरुलाई पुनर्नियुक्त गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएको हो ।
नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो ।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गर्नुभएको हो । अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्ने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: