पत्रकार महासंघको दुई जिल्लामा महिला नेतृत्व

चैत्र २६। नेपाल पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा महिला उम्मेद्वारले बाजी मार्न सफल भएका छन् । हिजो भएको निर्वाचनमा धनुषामा मनिका झा ५० मत र कास्कीमा विमला भण्डारी १७४ मत ल्‍याएर महासंघको जिल्ला शाखा अध्‍यक्षमा विजयी भएका हुन् ।

मनिकाले पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्‍यक्षमा विजयी हुँदा धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश,२ को व्यूरो प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रेस संगठनबाट उम्मेद्वार दिनुभएको झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह(सचिवमा निरन्जन साह, सह(सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

यस्तै कास्कीकी विमला भण्डारी महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुनुहुन्छ ।
उहाँको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी हुनुभयो । सचिवमा माधव बराल, सह-सचिव खुलातर्फ श्रीराम सिग्देल, सह(सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषाध्यक्षमा एकराज गिरी विजय भएका छन् । ३१२ मतदाता भएको कास्कीमा ३०५ मत खसेको थियो ।

 

(पत्रकार महासंघको दुई जिल्लामा महिला नेतृत्व)

Leave a Reply

Scroll to Top
%d bloggers like this: