२४ वर्षपछि प्रेस युनियनको नेतृत्व पत्रकार महासंघ चितवनमा, अध्यक्षमा नारायण अधिकारी निर्वाचित

चैत २६ । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गर्नुभयो । उहाँ प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठवन्धनबाट अध्यक्षको उम्मेदवार रहनुभएको थियो । स्वतन्त्रपूर्वक अध्यक्षमा उम्मेदवार दिनुभएका सूर्य प्रकाश कडेँलले ४ मत प्राप्त गर्नुभयो ।
कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवाली १३० मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मात्र मत ल्याउनुभयो । त्यस्तै स्वतन्त्र उम्मेदवार विनोद वावु रिजालको ९ मत आएको थियो ।
उपाध्यक्ष महिलामा अधिकारी प्यानलकी प्रमिता ढकाल १४१ मत सहित विजयी हुँदा उहाँको प्रतिस्पर्धी शान्ता अधिकारी बी ले १२२ मत ल्याउनुभयो ।
सचिवमा भने रिमाल प्यानलका दिपेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले १४२ मत प्राप्त गरी विजयी हुँदा अधिकारी प्यानलका सचिव अनिल ढकालले १२४ मत प्राप्त गर्नुभयो ।
समावेशी सहसचिवमा अधिकारी प्यानलका उर्गेन तामाङ १५२ मत सहित विजयी हुँदा पतिस्पर्धी अमिर रामदामको १०१ मत आएको छ ।
सहसचिव खुल्लातर्फ रिमाल प्यानलका आनन्द पोख्रेल विजयी हुनुभएको छ । उहाँले १२३ मत ल्याउँदा अधिकारी प्यानलका टिकादत्त तिमिल्सेनाले ११८ मत प्राप्त गर्नुभयो । स्वतन्त्र राजु सापकोटाले २१ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा अधिकारी प्यानलका राजेन्द्र आचार्य १०६ मत सहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी गोविन्द घिमिरेले १०२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राजेश घिमिरलाई ५७ मत आएको थियो ।
महिला सदस्यमा अधिकारी प्यानलबाट शोभा पुडासैनी १५६ मत सहित विजयी हुँदा प्रतिस्पर्धी रविना पौडेलले १०४ मत ल्याउनुभएको छ ।
त्यस्तै एलिना पोखरेल दलित सदस्यमा १४८ मत सहित विजयी हुनुभयो ।
सर्वाधिक मत १७८ सहित तुलमान गुरुङ सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै बसन्त ढुँगाना १५५ मत सहित, विप्लव काफ्ले १६५, सरिता पौडेल १३६, अनिल भट्टराई १४४, विवेक पोखरेल १३०, वविलाल तामाङ १३१ र ज्ञानेन्द्र तामाङ १२८ मत सहित सदस्यमा निर्वाचित हुनुभएको छ । सरिता महतो शाह यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

No description available.

No description available.

Leave a Reply

Scroll to Top
%d bloggers like this: