देशका धेरै ठाउँको मौसम सफा रहेसँगै प्रदूषणमा कमी

चैत २० । देशका धेरै ठाउँको मौसम अहिले सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । यो सँगै क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।

यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् । ‘
वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् । तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: