फर्साटिकरलाई हराउदै सुनौलो संगम नारायणगढमा जारी खेलको सेमिफाइनलमा

चैत १३ । प्रतिस्पर्धात्मक खेलमा फर्साटिकर एफसी रुपन्देहीलाई हराउदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगम बुटवलले फर्साटिकरलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्‍यो ।

टाइब्रेकरमा फर्साटिकरका भुपाल गुरुङ गोल गर्न चुके । त्यसअघि निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो । पहिलो हाफको २२ औं मिनेटमा सरद क्षेत्रीले गोल गर्दै सुनौलो समाजलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता एक मिनेट पनि टिक्न सकेन । २३ औं मिनेटमा फर्साटिकर खेलमा फर्कियो । उसका लागि नवराज गुरुङले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुबै टोलीले एक/एक गोल थपे । दोस्रो हाफमा २० औं मिनेटमा सन्जु सेनले गोल गर्दै फर्साटिकरलाई २-१ को अग्रता दिलाए । निर्धारित समय सकिन २ मिनेट बाँकी रहदा सुनौलो संगम खेलमा फर्कियो । ३८ औं मिनेटमा सुनौलो समाजका सरदले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाए । सरद खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) अफ्रिकन रूट्स एसोसिएसन क्यामरून र अभिषेक चर्च रजहर भिड्नेछन् । खेल दिउँसो ४ बजे नारायणगढस्थित क्याम्पा चौरमा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरका १० टोली सहभागी छन्।

प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: