“दिगो विकास सम्मेलन” कावासोती घोषण पत्र २०७७ जारी (बुँदागत पढ्नुहोस)

चैत १३ । नवलपुरको कावासोतीमा भएको कार्यक्रम सकिएसँगै वातावरणमैत्री “दिगो विकास सम्मेलन” कावासोती घोषण पत्र २०७७ जारी गरिएको छ । पत्रकार शालिकराम कोइरालाका अनुसार आज जारी गरिएको हो ।
वातवरण पत्रकार मञ्चले २०७७ चैत्र ११ गते कावासोती नगरपालिकाको सहकार्यमा आयोजना गरेको वातावरणमैत्री “दिगो विकास सम्मेलन” कावासोती घोषणापत्र आज २०७७ चैत्र १३ गते पत्रकार सम्मेलन मार्फत जारी गरिएको हो ।

१.सबै खालका सामाजिक प्रणाली र उपायहरुको लागुगरि सन २०३० सम्म यस नगरपालिकाको सबै प्रकारका गरिवी कम्तीमा आधा कम गरिने छ ।

२.नगरपालिकामा कृषि उत्पादकत्व क्षमता वृद्धि, ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान, प्रविधि विकास, वनस्पति तथा चौपायाको जिन बैंक स्थापनामा जस्ता कार्यहरुमा लगानीगरि खाद्यसुरक्षा तथा उन्नत पोषणबाट भोकमरीको अन्त्य गरिने छ ।

३.यस नगरपालिका भित्र सबैको जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्दन गर्ने,नवशिशु र पाँच वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने,परिवार नियोजन लगायत यौन तथा प्रजनन् सम्वन्धि स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै प्रजनन् स्वास्थ्यलाई स्थानीय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचित मूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गराइने छ ।

४.सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवर्दन गर्ने सबै किशोर तथा किशोरीहरूले समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने छ।

५.राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै निर्णायक तहका नेतृत्वमा महिलाहरूको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गर्न सबै तहमा लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणको प्रवर्दनकालागि नीति तथा कानुनहरूको अवलम्बन गर्ने र तिनलाई सबल बनाइने छ ।

६.सबैका लागि सफा पानी तथा सरसफाइमा पहुँच सुनिश्चित गराउनका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच वृदि गराइने छ ।

७.यस नगरपालिकाले सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गरि ऊर्जा सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने सन् २०३० सम्ममा विश्वव्यापी ऊर्जाको उपलब्धतामा नवीकरणीय ऊर्जाको अंशलाई उल्लेख्यरूपमा वृद्धि गर्ने,बचत तथा त्यसको व्यवस्थापन जोड दिने छ ।

८.समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गर्न प्रतिव्यक्ति आर्थिक वृद्धि,मर्यादित कामका साथै समान कामका लागि समान ज्याला र दिगो पर्यटन प्रवर्दनकालागि नीतिहरू तर्जुमा गरी कार्यान्वयन मा ल्याइने छ ।साथै स्थानीय संस्कृति तथा वस्तुहरूको उत्पादन र प्रवर्दनमा जोड दिइने छ ।

९.दिगो तथा बलियो पूर्वाधार विकासकालागि समावेशी तथा दिगो औद्योगिकीकरणलाई प्रवर्धन गर्ने र स्थानीय उद्योगको स्थापनालाई उल्लेख्य मात्रामा वृद्धि गर्ने ,कर्जा लगायतका वित्तीय सेवाहरूमा लघु उद्योग तथा अन्य उद्यमहरूको पहुँच वृद्धि गर्ने र मूल्य शृङ्खला र बजारमा तिनको समायोजन गर्ने कार्यलाई जोड दिइने छ ।

१०.नागरिकको उमेर, लिङ्ग, अपाङ्गता, जातीयता, उत्पत्ति, धर्म वा आर्थिक वा अन्य हैसियत जेसुकै भए तापनि सबैका लागि सामाजिक तथा राजनीतिक समावेशितालाई प्रवर्दन गरी त्यसलाई सशक्त पार्ने विभेदपूर्ण कानुन, नीति र प्रचलनहरूको अन्त्य तथा तत्सम्बन्धी उपयुक्त कानुन, नीति र प्रचलनको प्रवर्धनगर्ने लगायतका काम गरी सबैलाइ समान अवसर सुनिश्चित गरिने छ ।

११.सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडी वस्तीहरूको स्तरोन्नति गर्ने, सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामा पहुँच उपलब्ध गराउने विपद्का कारण हुने मृत्यु, प्रभावित व्यक्तिहरूको तत्काल सम्वोधन गर्ने संयन्त्रको स्थापना गरि कार्यान्वयन गरिने छ ।

१२.नगरपालिका भित्र दिगो विकासको सुनिश्चित गर्न प्राकृतिक स्रोतहरूको व्यवस्थापन ,फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनरउत्पादन(रिसाइकल) र पुनःप्रयोग कार्यक्रमहरु तत्काल कार्यान्वयनमा ल्याइने छ ।

१३.जलवायु परिवर्तन तथा यसका प्रभावहरू विरुद्ध लड्नका लागि जोखिमहरूको सामना गर्न सक्ने र अनुकूलन क्षमता वृद्धि गर्ने उपायहरूलाई स्थानीय नीति, रणनीति र योजनाहरूमा समायोजन गर्ने गरि जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने संयान्त्रको स्थापना र यस सम्वन्धिका कार्यक्रमहरुको कार्यान्वयन गरिने छ ।

१४.स्थानीय स्तरमा भएका ताल तलैया तथा पानीका मुहान संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगमा जोड दिइने छ ।

१५.वनको दिगो व्यवस्थापन, भूक्षयीकरण तथा जैविक विविधताको क्षतिलाई रोक्न र खडेरी तथा बाढी प्रभावित भूमि लगायत अन्य भूमि र माटोमा आएको ह्रासलाई सुधार गरी पहिलेकै अवस्था पुर्याउने,पारिस्थितिकीय प्रणाली (इकोसिष्टम)को क्षमता अभिवृद्धि गर्ने, संरक्षित जीवजन्तु तथा वनस्पतिको चोरीसिकार तथा अवैध ओसारपसार अन्त्य गर्न स्थानिय स्तरमा तत्काल पहल कदमी गरिने छ ।

१६.दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवद्दन गर्ने, सबैका लागि न्यायमा समान पहुँच सुनिश्चित गर्ने र सवै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संरचनाको स्थापना गरिने छ ।

१७.दिगो विकासकालागि राष्ट्रिय तथा स्थानीय साझेदारीलाई सशक्त वनाइ र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गरिने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: