प्रदेश १ को सामाजिक विकास मन्त्रीमा उषाकला राई

चैत १३ । सांसद उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आज नै शपथ ग्रहण गर्नुएको छ । शपथ ग्रहको फोटो सार्वजनिक गर्दै उहाँका श्रीमान् सांसद एवम पूर्व संघीय कानुन मन्त्री शेरबहादुर तामाङले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

May be an image of 2 people and people standing

उहाँले लेख्नुभएको छ,“ यस महत्वपूर्ण घडीमा जन्मदिने आमा स्व. लक्ष्मी राई, पिता रुद्र राईलाई धन्यवाद । तपाँईलाई यस गरिमामय जिम्मेवारीमा पु¥याउनु हुने नेपाली जनता र खोटाङ्का जनतालाई धन्यवाद, सिन्धुपाल्चोकको तर्फबाट सद्भाव ब्यक्त गर्दछु । यस पदमा योग्य ठान्नु भएर जिम्मेवारी दिनुहुने सम्माननीय प्रधानमन्त्री के पी ओली, संसदीय दलका उपनेता सुवाश नेम्बाङ, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, पार्टीका नेतागण सबैलाई धन्यवाद ब्यक्त गर्दछु । खोटाङ जिल्ला प्रतिनिधिसभा सदस्य संघीय संसद विशाल भट्टराई लगायत समुर्ण जनप्रतिनिधिहरु र खोटाङ एमाले पार्टी अध्यक्ष राम दंगाल लगायत सम्पूर्ण पार्टी पंङ्ती सबैलाई धन्यवाद ब्यक्त गर्दछु ।”
संसद विघटनका केही समय माधव नेपाल समूहमा रहेका गुरुङ पछि केपी ओली समूहमा फर्किनुभएको थियो । उहाँ त्यतिवेला फर्कनुको क्षणलाई अहिले उहाँकै श्रीमती मन्त्रीमा नियुक्त हुँदा पदको लोभमा उक्त समूह छोडेको आरोप लागेको छ । यद्यपी उषाकला राई आफैमा क्षमतावान व्यक्ति भएकाले त्यो क्षण सँग यसको कुनै सम्बन्ध नभएको बताइएको छ ।

May be an image of 7 people and people standing

Leave a Reply

Scroll to Top
%d bloggers like this: