चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण

चैत १२ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) ले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उहाँलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिनुभएको थियो । त्यसको सफल प्रत्यारोपण भएको हो ।

प्रत्यारोपणपछि आमाछोरी दुवैको अवस्था सामान्य हुँदै गएको छ । नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो ।

‘उपत्यकाका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रपछि तेस्रो अस्पताल हाम्रोमा कलेजो प्रत्यारोपण भएको छ । मेरो जानकारीमा रहे अनुसार हामीले गरेकोसहित नेपालमा भएको यो आठौं प्रत्यारोपण हो,’ सीएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक न्यौपानेले भन्नुभयो। सिएमसीले ७६ सालको वैशाखमा कलेजो प्रत्यारोपणका लागि स्वीकृति लिएको थियो ।

कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । विदेशमा योभन्दा धेरै रहेको छ । नेपालीलाई विदेश जाँदा अन्य झन्झट र खर्च बढ्ने अवस्था पनि छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: