अन्नपूर्ण पोस्टका २८ जना पत्रकारले दिए सामुहिक राजीनामा

चैत ५ । राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीना दिएका छन् । आफूहरुलाई व्यवस्थापन पक्षबाट पटक पटक राजीना गर्न दबाब दिएका कारण राजीना दिएको उनीहरुले बताएका छन् ।
नेपाल न्युज इन्टरनेशनल प्रा।लि।बाट प्रकाशन हुँदै आएको पत्रिकामा कार्यरत उनीहरुले २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।

सामुहिक राजीनामाबाहेक थप १२ जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेको बताएका छन्। गत वर्षको चैतदेखि अहिलेसम्म आधा मात्रै तलव दिएका थिए। अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन्। पत्रिकाका विभिन्न विभागका विभागीय प्रमुखहरूले राजीनामा दिन दवाव दिएपछि राजीनामा दिइएको उनीहरूले बुझाएको राजीनामा पत्रमै उल्लेख छ।

सम्पादक भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।

पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ।साथै अव पत्रिका भन्दा अनलाईनलाई परिष्कृत गर्ने व्यवस्थापन पक्षले बताएको छ । पत्रकारहरुले आफूहरुले पाउनुपर्ने सवै सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: