खनाल नेपाल सहित एमाले संसदीय दल बोर्ड गठन

चैत्र ५ । कडा विवादका वीच नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । आज बालुवाटारमा बसेको दलको बैठकले झलनाथ खनाल, माधव नेपाल सहितको २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ ।
बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।

त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको छ । दलको अर्को बैठक चैत ७ गते बस्ने भएको छ । एमाले संसदीय बोर्ड सदस्यहरूमा केपी शर्मा ओली,झलनाथ खनाल,माधवकुमार नेपाल,सुवास नेम्वाङ
शेरबहादुर तामाङ,रघुवीर महासेठ,भुपेन्द्र थापा,खेम लोहनी,सरिता दाहाल,विमला विक,राधा ज्ञवाली,बिन्दा पाण्डे,विशाल भट्टराई,सुमन प्याकुरेल,शान्ता चौधरी,विमला राई पौडेल
राजेन्द्र राई,मोहन बानियाँ,नारदमुनि राना,विद्या भट्टराई,दामोदर भण्डारी,रेखा झा,छविलाल विश्वकर्मा,खिमलाल भट्टराई छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: