देशभर १ करोड ६२ लाख मतदाता, संकलनको कार्य फेरि खुल्यो

चैत४,। निर्वाचन आयोगले चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ ।
यसअघि ओली सरकारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो ।

तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटन बदर गरिदिएको झण्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो ।निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: