मानिसलाई आक्रमण गर्ने बाघ बर्दियामा समातियो

चैत ४। बर्दियामा बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिनुभयो।

मंगलबार पनि उक्त बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको उहाँको भनाई छ । हालसम्म बाघको आक्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृत्यु भइसकेको छ ।

नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: