लहानमा भएको बम विस्फोटमा परी ७ जना घाइते, २ को अवस्था गम्भीर

चैत्र १ । लहानमा बम विस्फोट हुँदा ७ जना घाइते भएका छन् । त्यसमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो ।

घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको जनाइएको छ । घटनास्थलमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले विस्फोट गराएको पर्चामा उल्लेख छ ।

विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: