चितवनमा जनगणना कार्यालयको स्थापना

चितवन, चैत्र १  । चितवनमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न कार्यालय स्थापना गरेको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभो । तथ्याङ्क कार्यालयकै कार्यालय प्रमुख जिल्ला जनगणना कार्यालयको प्रमुख हुने भण्डारीको भनाई छ ।
तथ्याङ्क कार्यालयसँगै रहेको भवनमा सो कार्यालय स्थपना भएसँगै तयारीका काम सुरु भएको भण्डारीको भनाई छ । जिल्लामा रहेका सात वटा स्थानीय तहमध्ये ५ वटामा पनि अव चाँडै नै स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारी रहेको छ । उहाँका अनुसार अवको ठिक एक महिनामा अर्थात २०७८ बैशाख १ गते ७ वटा तहहरु हेर्ने गरी ५ वटा स्थानिय जनगणना कार्यालयहरु स्थापना हुनेछन् जसमा भरतपुर महानगरपालिकामा मात्रै ३ वटा कार्यालय रहनेछ । वडानम्वर ६ गितानगर, भरतपुर १० र भरतपुर १८ चनौलीमा कार्यालय रहनेछ । त्यस्तै माडी नगरपालिका,कालिका नगरपालिका,रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा पनि स्थानीय जनगणना कार्यालयको स्थापना हुनेछ । बाँकी खैरहनी नगरपालिकाको राप्ती मा कार्यालय रहने र उक्त कार्यालयले राप्ती र खैरहनी हेर्ने तथा कालिका नगरपालिकामा रहने कार्यालयले इच्छाकामना र कालिका दुवै हेर्नेछ ।
२०७८ बैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने र २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने उहाँको भनाई छ ।
जनगणनालाई छिटो, छरितो र विश्वासनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा,उपप्रमुख र जिलला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहनेछ ।
जिल्लाको स्थानीय तहमा चाहिँ स्थानीय जनगणना समन्वय समिति हुनेछ जहाँ सम्वन्धीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उहाँले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ जसको संयोजकमा सम्वन्धी वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रअ, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहने भण्डारीको भनाई छ

Leave a Reply

Scroll to Top
%d bloggers like this: