अकोराबको अध्यक्षमा अर्जुन गिरी

फागुन २८ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । सातौँ अधिवेशनले गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
अध्यक्ष पदका लागि भएको मतदानमा कुल खसेको १ सय ७९ मतमध्ये गिरीले १ सय ६३ मत पाएर निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी कपिलदेव खनालले १३ मत ल्याउनु भएको थियो भने ३ मत बदर भएको थियो । अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएका छन् ।
जसको वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार,दलित उपाध्यक्षमा भुवन सिंह,महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ ।
महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी) चयन हुनुभएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्याङ्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ ।

लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो अनि प्रल्हाद पोखरेल चयन हुनुभएको छ । चापागाई सामुदायिक रेडियो बिजय एफएम गैँडाकोटको संचालक संस्था विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुनुहुन्छ ।
अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवासको अध्यक्षतामा, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा राजु खराल,कर्णाली प्रदेशमा गोरखबहादुर थापा र सुदूरपश्चिममा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
निर्वाचन पछि अध्यक्ष गिरीले आगामी दिनमा सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरूको हितमा अघि बढाउनका लागि सबै पक्षसँग सहकार्य गरिने बताउनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: