तनहुँको मानहुँकोटमा केबलकारसहित रिसोर्ट बनाउने तयारी

फागुन २७ । तनहुँको मानहुँकोटमा चार अर्ब लगानीमा केबलकारसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको हो ।

व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब चार अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० का लागि स्वीकृत प्रदान गरेको छ ।

नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले करिब चार अर्ब लगानी गर्ने गरी व्यास हिल्सको नाममा प्रस्ताव परेको बताउँदै डीपीआरको अनुमति दिइएको बताउनुभयो ।

कम्पनीले पाटनबाट मानहुँकोटसम्म जिपलाइन एवम् केबलकार बनाउने प्रस्ताव छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: