फागुन २३ । दार्चुलाको लेकम गाउँपालिका ६ उचाकोटमा हिजो दिउसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा गाडी धनी पदमराज पन्तको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो। यसअघि घटनास्थलमै जिप चालक लकम गाउँपालिका ६ का करन नाथ र शैलेशिखर नगरपालिका ८ का गाडी धनीकी आमा सुनादेवी पन्तको मृत्यु थियो ।
चार जना घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग ३ च १६९३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना भएको थियो ।
Photo is file