प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै

फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएर दोस्रो चरण सुरु गरिदैछ ।

प्रधानमन्त्री ओलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको छ ।
आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोपको डोज दिँइने छ ।

सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको स्वास्थय मन्त्रालयको लक्ष्य रहेको छ ।  यस अघि ५५ वर्ष माथिका नागरिकलाई खोप दिने भनिएपनि खोप अभाव हुने आकलन गरी ६५ वर्ष माथिका नागरिकलाई दोस्रो चरणमा समावेश गरिएको हो ।

त्यस्तै आज बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने पनि मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत आज आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।
भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । त्यस्तै नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: