काठमाण्डौमा आयो मेलम्चीको पानी, प्रधानमन्त्रीद्धारा अवलोकन

फागुन २२ । बहुप्रतिक्षित खानेपानी आयोजना अन्तगर्तको मेलम्ची खोलाको पानी काठमाण्डौमा आइपुगेको छ । सुरुङको सुन्दरीजलको ढोका खोलेर मेलम्चीको पानीलाई प्रधानमन्त्री ओली सहितको टोलीले स्वागत गर्नुभएको थियो ।
सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाउनुभएको छ ।
यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा आउनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: