सरकार र विप्लव नेकपावीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

फागुन २१ । सरकार र नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी बीच बिहीवार भएको सहमतिपत्रमा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा संयुक्त हस्ताक्षर भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूको सहभागिता रहेको थियो ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’

  • बालुवाटारमा

राष्ट्रिय सभा गृहमा हस्ताक्षरअघि शुक्रवार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । कार्यक्रममा बोल्दै विप्लवले शहिदहरुको सपना साकार पार्दै तीन बुँदे पूर्णरुपमा पालना हुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सहमतिसँगै देशको शान्तीमा थप सुधार भएको र नेपाल शान्तिपूर्ण देश रहेको सन्देश विश्वभर फैलिएको दावी गर्नुभयो । अव नेपालमा हिँसात्मक आन्दोलन नहुने भन्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूर्णता दिन सवै लाग्नुपर्नेमा जोड दिनुयभो ।

बालुवाटारमा

Leave a Reply

Scroll to Top
%d bloggers like this: