कम्युनिष्टको सिद्धान्त नै छैन : वरिष्ठ नेता पौडेल

फागुन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको कुनै पनि सिद्दान्तमा स्थिर नरहेको भन्दै सिद्धान्तको टुंगो नभएको बताउनु भयो । सिद्दान्तको टुंगो नभएकाले सरकार असफल भएको आरोप लगाउनु भयो ।
मौषम अनुसार चोला फेर्नै भएकाले अविश्वासका पात्र भएको बताउनु भयो । बिहीवार पुर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ । सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौँ ।’
नेपाली कांग्रेस भरोसाको केन्द्र वन्नको लागि आफ्नो चरित्र, आचरण र व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: