सुनकोशी मरिन डाइभर्सनको शिलान्यास, देशले आश्चर्यजनक प्रगति गर्‍यो : ओली

फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारमा सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ । आयोजनाको शिलान्यास गर्दै उहाँले समयमा नै निर्माण पूरा हुनेमा विश्वस्त रहन आग्रह गर्दै यो तीन वर्षमा सरकारले आश्चर्यजनक प्रगति गरेको बताउनुभयो ।

May be an image of 3 people and people standing

प्रधानमन्त्री ओलीले शिलान्यास आयोजनाको सिँचाइ र विद्युत् उत्पादन गर्ने उद्देश्य भए पनि यो अनेक हिसाबले बहुद्देश्यीय आयोजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा प्रदेश २ को बारादेखि धनुषासम्मका जिल्लामा एक लाख २२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । अर्को ३१ मेगावाट विद्युत् यसै ठाँउमा पावर हाउस बनाएर उत्पादन हुन्छ ।’

चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ ले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । सुनकोशी मरिन आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

May be an image of nature and mountain

सुनकोशी नदीमा १२ मिटर उचाइको बा“ध निर्माण गरी १३ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारको मरिन खोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेडेटबाट पानी झारेर साढे ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ । यस आयोजना निर्माण गर्न चालु आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । आयोजना निर्माण गर्न ४६ अर्ब १९ करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ ।

May be an image of one or more people, people standing, people sitting and mountain

Leave a Reply

Scroll to Top
%d bloggers like this: