ट्रकले ठक्कर दिइ फरार चालक पक्राउ

फागुन १९ । जिल्ला प्रहरी कार्यालय चितवनले ट्रकले ठक्कर दिइ फरार रहेका चालकलाई पक्राउ गरेको छ । ठक्करबाट मानिसको समेत मृत्यु भएका थियो । प्रहरीले ठक्कर दिने ट्रक सहित चालक पक्राउ गरेको हो ।
घटना यस्तो थियो
फागुन ९ गते विहान राती ०३ः३२ वजेको समयमा चितवन खैरहनी १ स्थित सडकमा पैदलयात्री जिल्ला चितवन कालिका ३ पदमपुर बस्ने बर्ष ४० का कुल बहादुर मोक्तानलाई ठक्कर दिई दुर्घटना गराउँदा मोक्तानको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसपछि फरार रहेका चालक र ट्रकबारे अनुसन्धान थालेको प्रहरीले ना ६ ख २९०९ नम्वरको ट्रकले ठक्कर दिएको खुल्न आएको थियो । त्यसपछि चालक चितवन राप्ती १ बस्ने बर्ष ३० को गणेश बहादुर तामाङलाई फागुन १७ गते राती करिव साँढे १० बजेको समयमा खैरहनी ८ पर्सा बजारबाट नियन्त्रणमा लिईएकोमा उनैले दुर्घटना गराएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

हिजो सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: