११० वटा हराएको मोबाइल चितवन प्रहरीद्धारा फेला

फागुन १९ । जिल्ला प्रहरी कार्यालय चितवनले हराएको मोबाइलहरु फेला पारी सम्वन्धीत व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । बिभिन्न मितिमा मोबाईल हराएको भनी निवेदन प्राप्त भएको आधारमा खोज तथा अनुसन्धान गर्ने क्रममा ती मोवाइलहरु फेला पार्न प्रहरी सफल भएको हो ।

फागुन महिनाको १८ गते सम्म मात्रै ३१ थान बिभिन्न कम्पनीका मोबाईल फेला प्रहरीले फेला पारेको थियो । ती मोबाइल कार्यालयले हिजो सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

३१ थान मध्ये हिजो मात्रै २५ थान मोबाईलहरु सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको सूचना अधिकारी डिएसपी सूर्य थापाले जानकारी दिनुभयो । हराएका मोबाईल फेला पारेर दिँदा प्रहरीप्रति विश्वास बढेको र भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए । चालु आर्थिक वर्षमा कुल ११० थान मोबाईल फेला पारिएकोमा १०५ थान मोबाईल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको चितवनले प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: