पत्रकार महासंघ नवलपुरले फलफुल वितरण गरी मनायो दोस्रो स्थापना दिवस

फागुन १९ । नेपाल पत्रकार महासंघ नवलपुरले हिजो मंगलबार दोस्रो स्थापना दिवस फलफुल वितरण गरि मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि मनाएको हो ।
स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहेको र बढिरहने बताउनुभयो । यो मुद्दामा मुर्तरुप पाउन सबैको साथ र एकता आवश्यक भएको भन्दै आजको स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सवैलाई मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले पत्रकार महासंघ सवैको साझा संगठन भएकाले सवै पत्रकारको महासंघमा अपनत्व हुने गरि कार्य गर्दै जाने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्राईले स्थापना दिवसको दिन बृद्धाश्रममा फलफुल वितरण कार्यक्रमले समाजमा सकरात्मक कार्यको थालनी भएको बताउनु भयो । श्रमजीबीको मुद्दामा कलम चलाउने पत्रकारले आगामि दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउने मा आफु विस्वस्त रहेको बताउनु भयो । पत्रकार महासंघ सवैको छाता संगठन भएकाले पत्रकारको हक हितका लागि सधै लाग्नु पर्नैमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीराम सिग्देल, कोषाध्यक्ष ईश्वरी चापागाई, रेडियो कावासोतीका स्टेशन म्यानेजर दयाराम आचार्य लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
यस अघि महासघ नवलपुर शाखाले २०७६ फागुन १८ गते प्रथम स्थापना दिवस शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आवासिय रुपमा अध्ययन गरीरहेका अनाथ वालवालिकाका लागि खाध्यान्न सहयोग गरी मनाएको थियो । कार्यक्रमको नेपाल पत्रकार महासंघका सचिव प्रेम न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: