‘फुलबुट्टे सारी सपक्कै पारी’मा काँग्रेस नेता विश्व प्रकाशका परिवारको स्वर र अभिनय

फागुन १७ । पछिल्लो समय निकै नै चर्चा पाइरहेको गित फुलबुट्टे सारी, सपक्कै पारीमा नेपाली काँग्रेसका चर्चित नेता एवम पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको परिवारले पनि अभिनय गरेका छन् । कभर सङ्स बनाएका उनीहरुको अभिनय सँगै शर्माका श्रीमती र छोरीको स्वरले पनि धेरैको मन तानिरहेको छ । उक्त भिडियोमा सवै परिवारले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?fbclid=IwAR3nmINEVUZPHgoHdm85B8GEfds7heAvawTrKhRj85AM-4mwSy4jgPUpDwQ&v=tlS-RpQ2c3w&feature=youtu.be
छोरी स्वीकृति शर्मा सानु र श्रीमती कविताको कभर सङ शर्मा आफैले फेसवुकमा शेयर गरी आफ्नै नामको युटुव च्यानलमा सार्वजनिक गर्नुभएको छ ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समेत यो गित गायर मिथिला शर्मासँग अभिनय गरेको भिडियो पनि अत्यधिक रुचाइएको यसमा शर्मा परिवारले पनि आफ्नो कला प्रस्तुत गर्नुभएको हो ।
नोभेम्वर ४ सन २०२० मा मार्मिक लामाको स्वरमा राजनराज सिवाकोटीको संगितमा देविथान म्युजिकले युटुवमा सार्वजनिक गरेको गित आजसम्म १ करोड ९९ लाख बढिले हेरेका छन् । सोना लिम्वु र आनन्द सिँ दनुवारको अभिनय रहेको छ । त्यसपछि फिमेल भर्सनमा आएको गित अझ हिट भएको छ ।
केन्द्र मोसन पिक्चर नामक युटुव च्यानलबाट पल शाहा र मालिका महतको अभियन रहेको यो गित डिसेम्वर ५,सन २०२० मा सार्वजनिक गरिएको थियो । हालसम्म ३ करोड ६१ लाख बढिले हेरिसकेका छन् । मिलन नेवारले गाउनुभएको यो गित राजनराज सिवाकोटीको संगित रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: