चर्चित आधुनिक गायिका अञ्जु पन्तले गरिन् विवाह

फागुन १३ । चर्चित आधुनिक गायिका अन्जु पन्तले विवाह गर्नुभएको छ । उहाँले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गर्नुभएको हो ।
विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो राख्दै धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाउनुभएको छ ।
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उहाँले मनोज राजसँग डिभोर्स लिनुभएको थियो। मनोजराज र अञ्जुको एक छोरी समेत छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: