सुरक्षा परिषद्को बैठक आज बस्दै

फागुन ११ । आज राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक डाक्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने बताइएको छ । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: