बृहत नागरिक आन्दोलनद्धारा टुँडिखेलमा मार्च

फागुन ७ । बृहत नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरी प्रतिगमन कदम चालेको भन्दै उनीहरुले टुँडिखेल परिक्रमा गरेका थिए । केपी ओली चाहिदैन, यो सडकको आवाज सुन, केपी ओलीको पाराले दुख पाए साराले लगायतका नारा लगाएका थिए ।


कार्यक्रममा मानव अधिकारी आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले कार्यक्रम संचालन गर्नुभएको थियो । नारा जुलुस सहित टुँडिखेल भित्रै प्रवेश गर्ने बताएपनि सुरक्षाकर्मीहरुको कडा परिचालन र गेटमा सुरक्षा तैनाथ हुँदा नारा जुलुस लगाएर टोलीले कार्यक्रम सभा गरेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले प्रतिगमन कदम सच्चिनुपर्ने, लोकतन्त्रको रक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: