ठक्करबाट हरिणको मृत्यु पछि ट्रक चालक पक्राउ

चितवन,फागुन ५ । जिल्ला प्रहरी कार्यालय चितवनले ट्रकले ठक्कर दिएर हरिण मार्ने चालकलाई पक्राउ गरेको छ ।
आज विहान ४ बजेर ३५ मिनेटमा पूर्व पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका वडा नं. ९ सिचाईगेट अगाडी ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
रौतहटबाट नुवाकोट तर्फ जाँदै गरेको ना ६ ख १४६० नम्वरको ट्रकले हरिणलाई ठक्कर दिँदा उक्त हरिणको घटनास्थलमै मृत्यु भएको थियो । उक्त ट्रक घटनास्थलबाट भागि फरार भएकोमा खोज तलास गर्ने क्रममा आज नै महानगरपालिका वडा नं. १ रामनगरबाट ट्रक र चालक जिल्ला नवलपरासी देवचुली नगरपालिका वडानम्वर १ बस्ने बर्ष २४ का अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय, चितवनमा पठाईएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: