घुस लिएको आरोपमा गाउँपालिकाकी इन्जिनियर पक्राउ

फागुन ५। घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले गाउँपालिकाको इन्जिनियरलाई  हिजो पक्राउ गरेको छ । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार रुपैया घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई उक्त रुपैया घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: