हालसम्म २४ गैँडा मरे

चितवन, फागुन ४ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार ४ वटा गैँडा सिकारीका कारण मरेका हुन भने २० वटा गैँडा प्राकृतिक कारण मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

आज पुन अर्को एउटा गैँडा मरेसँगै कुल २४ वटा गैँडा मरेका हुन् । निकुन्जको अमलटारि सेक्टरअन्तर्गत गिद्धेनी भन्ने स्थान नजिकै नारायणी नदी किनारामा नदी छेउमा रहेको ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परि गैँडाको मृत्यु भएको हो । अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत् अवस्थामा भेटिएको र सो गैडाको खाग खुर लगायत सरकारी समान सुरक्षित् रहेको निकुञ्जले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: