राम्रो दिमाख भएका मान्छे ओलीको कदमविरुद्ध उभिएका छन्ः प्रचण्ड

चितवन,फागुन ३ । पूर्व प्रधानमन्त्री एवम नेकपाका दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यावधी चुनाव कुनैपनि हालतमा नहुने ठोकुवा गर्नुभएको छ ।

कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन आज चितवन आउनुभएका नेता प्रचण्डले भरतपुर विमानस्थलमा सो कुरा बताउनुभएको हो । ओलीले चुनाव गराउने गरी गरेको प्रतिगमन नभएको भन्दै अहिले राम्रो दिमाख हुनेजति सवै उहाँको कदमका विरुद्ध उभिएको दाहालको भनाई थियो ।
चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको दाहालको आरोप छ । पन्चर्याली गर्ने जमिन वाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गर्ने गरेका ओली प्रतिगमन कदम सुरु गरेको दिनदेखि हारेको भन्दै प्रचण्डले ओली मतमा पनि व्यवहारमा पनि हार व्यहोर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो,“आमसभाका प्रकृया चलिरहन्छनै ।

मुख्य कुरा के हो भने नेपाली जनताले लामो समयको संघर्ष बलिदान बाट प्राप्त उपलब्धि अहिले धरापमा पार्नुभएको छ उहाँले । आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस उहाँको कदमको विरुद्धमा छन् । तपाईहामी सवै मिलेर यसलाई परास्त गर्नुपर्छ । राष्ट्रको हितमा जनताको हितमा लोकतन्त्रको हितमा ।”साथै आगामी १२ गते चितवनमा वृहत सभा हुने पनि प्रचण्डले सो अवसरमा जानकारी दिनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: