प्रचण्ड माधव राजनीति गर्नुहुन्छ की ज्योतिषशास्त्र : प्रधानमन्त्री ओली

फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल राजनीति गर्नुहुन्छ की ज्योतिषशास्त्र पढ्नुहुन्छ भन्दै प्रश्न गर्नुभएको छ । सरकारको तीन वर्षे उपलब्धीका अवसरमा आज सिँहदरवारको प्रमुख प्रसासनिक भवनको उद्घाटन गर्दै घोषित मिति वैशाख १७ र २७ मै चुनाव हुने भन्दै प्रचण्ड माधव के कारण चुनाव हुदैन भन्नुहुन्छ म त छक्क पर्छु ओलीको भनाई थियो ।

जनता भन्दा माथि कोहि नभएको भन्दै दुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिएपछि जाने ठाउँ जनता भएको भन्दै चुनावमा जानु कसरी प्रतिगमन हुन्छ उहाँको प्रश्न थियो । आफू सरकारमा बसिरहन नचाहेको भन्दै जनताले दिएको मतले प्रधानमन्त्री बनाएपछि जुन परिणाम दिन्छु भनेको थिएँ त्यो हुन पार्टी भित्रैबाट दिएनन् ओलीको भनाई थियो । यो राजनीतिक प्रश्न भएकाले सार्वभौम सम्पन्न जनताले यसको उत्तर दिने भएकाले प्रतिनिधि सभा विघटन गरेर जनताको घरमा पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।
अघिल्लो पटक भएको जनादेश पनि राम्रो भएको तर पात्र गतिला नपरेको भन्दै यस पटक जनताले लोकतन्त्रको रक्षा सहित व्यवहारिक कार्यान्वनय गर्ने खालका पात्र जिताएर पठाउनुपने बताउनुभयो । साथै प्रणालीमा पनि क्रमिक सुधार गर्नुपनि आवश्यक भएको बताउनुभयो ।जनताले पराजित गरेको व्यक्ति पनि जस्केला बाट छिरेर प्रधानमन्त्री बन्न खोज्ने विगतको अस्वस्थ्य क्रियाकलावप फेरि दोहोरिन लागेको भन्दै यस्ता खालका प्रवृत्ति सधैँकाका लागि अन्त्य गर्नु आजको आवश्यकता भएको ओलीको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: