नेता गगन आज चितवनमा गर्जने

फागुन ३ । चितवनमा आज नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा गर्जने भएका छन् । देशव्यापी कार्यक्रम अनुसार चितवनमा आउने पालो नेता थापाको हो । संसद विघटनविरुद्धमा आज चौविसकोठीमा हुने विरोधसभा थापा सहितका नेताहरुले सम्वोधन गर्नुहुनेछ ।

यस्तै सभालाई नेतृ सरिता प्रसाईले समेत सम्बोधन गर्नेछिन् । विरोधसभा अघि केन्द्रीय बस टर्मिनल भरतपुरबाट वृहत र्‍याली निस्किने छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने र्‍याली दिउँसो १ बजे विरोधसभामा परिणत हुनेछ ।काँग्रेस चितवनले विरोधसभामा सहभागिता जनाउन ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा खर्च बढी हुने भएपछि स्वतःस्फूर्त उपस्थित गराउन पत्रचार गरेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: