जापानमा गयो ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प

फागुन २ । गएराति जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको हो । भूकम्पमा परी ५० जना घाइते भएका छन् ।

तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको छ । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।

भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो । तर सुनामीको चेतावनी भने दिइएको छैन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: