नेतृ रामकुमारी झाँक्री पक्राउ

माघ २९ । नेपाल प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज उहाँको निवासबाटै पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखामा भएको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले घरमै पुगेर पक्राउ गरेको हो । यद्यपी झाँक्रीको ेनिवास पसेर प्रहरीले पक्राउ पुर्जी धमाएको थियो । त्यसपछि राज्यको नियमलाई मान्ने भन्दै झाँक्री गिरफ्तारी दिन तयार हुनुभएको थियो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गर्नुभएको थियो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उहाँको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उहाँको निवासबाहिर नेकपा प्रचण्ड(माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: