कुलमानलाइ होइन हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

माघ २९ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै नियुक्त गर्नुपर्ने आवाज उठिरहेपनि अन्तत शाक्यले पद सम्हाल्ने भएका हुन् ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।

गएको भदौमा कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले प्राधिकरणकै उप(कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । यस्तै कात्तिक २१ गते हितेन्द्रदेव शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: