प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई भने : चुनावको तयारी तीव्र पार्नुहोस

माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारी तिव्र पार्न निर्वाचन आयोगलाई भन्नुभएको छ । । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराउनुभएको छ ।

मङ्गलवारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

चुनावको कामलाई निरन्तर अघि बढाउन आयोगका पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सबै प्रकारका स्रोत, साधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुभएको थियो ।
त्यस अवसरमा नेकपा विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: