कविताबाट युवाहरु भन्छन् : साथी हो डेटिङ गर्ने समय अहिले होइन

माघ २७ । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनमा न्यायका लागि कविता भन्दै युवाहरुले देश अहिले गम्भिर संकटमा परेको बताएका छन् । केपी शर्मा ओलीले सनकका भरमा देशको सार्वभौम सम्पन्न संसद विघटन गरेर आफ्नो व्यक्तिगत स्वार्थका लागि चुनाव घोषणा गरेर देश वर्वादीतर्फ धकलेको उनीहरुले बताए ।
कडा संघर्ष, रगताम्य देखि घाइते र मृत्यु वरण गरी ल्याएको व्यवस्थामाथि फेरि धावा बोल्ने काम भएको भन्दै प्रतिगमनको कदम नसच्चिदा सम्म कविता मार्फत आन्दोलन जारी रहने बताए । कार्यक्रममा बोल्दै नविन प्यासीले न्यायका लागि कविता कार्यक्रम जारी रहने बताउनुभयो ।
न्यायका लागि युवाहरु सडकमा उत्रिदै अहिलेको कदम अर्थात् केपी ओलीको प्रतिगमन रोज्ने हो भने आन्दोलनमा नआउँदा हुने तर यदि लामो समयको संघर्षपछि प्राप्त व्यवस्था रक्षा गर्दै उज्जवल भविष्य खोज्ने हो भने आन्दोलनमा होमिन उहाँको आग्रह थियो । अहिले डेटिङ जाने समय होइन । देशको भविष्य सोच्ने र निर्धारण गर्ने समय भएको उहाँले बताउनुभयो । अव चुनाव हुने भनिएकोमा त्यहाँ अधिकाँश युवाहरुको नाम भएकाले गम्भिर भएर सोच्न आवश्यक भएको छ । संविधानको मौलिक हक र अधिकारका विषयमा युवाहरुलाई थाहा समेत नभएको र डेटिङ जाँदा प्रहरीले समातेपछि केही रकम तिरेर छुट्ने वाहेक युवामा खासै चेतना नवढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अहिलेको युद्ध भएको र न्यायका लागि कविता आयोजना गरी युद्धको आँधीवेहरी ल्याउने उहाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: