भोलि बन्द हुँदैन : गृह मन्त्रालय

माघ २१ । प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको भन्दै आज सूचना जारी गरेको छ । नेपालको संविधानले स्वतन्त्रपूर्वक आफ्नो पेशा व्यवसाय गर्न पाउने अधिकार दिएकाले कसैले त्यसमा हनन नगर्न भनेको हो । यदि कसैले जवरजस्त बन्द गर्न भने बन्द गराउनेलाई पक्राउ गर्ने जनाएको हो ।

कानून वनमोजिम नहुँदापनि संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको हो ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । गृहले सुरक्षा दिने भन्दै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने भन्दै संचालन गर्न अनुरोध गरेको हो ।
हेर्नुहोस विज्ञप्ती

Leave a Reply

Scroll to Top
%d bloggers like this: